बजेटको पूर्व सन्ध्यामा प्रधानमन्त्रीको सम्बोधन, अध्यादेशबाट ल्याइने बजेटको प्राथमिकताका बारेमा बोल्ने

<p>काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले राष्ट्रका नाममा साँझ ४ बजे सम्बोधन गर्ने भएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास वालुवाटारबाट सम्बोधन गर्नेछन् । संवैधानिक [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले राष्ट्रका नाममा साँझ ४ बजे सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उनले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास वालुवाटारबाट सम्बोधन गर्नेछन् ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।

संवैधानिक व्यवस्था अनुसार भोलि जेठ १५ गते अध्यादेशमार्फट बजेट आउँदैछ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले भने सुझाव दिँदै आएका छन् ।

संघीय सरकारको अर्थमन्त्रीले पेश गर्ने बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट आउनुभन्दा १५ दिन अगाडि नै राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा सकारका नीति तथा कार्यक्रम पेश गर्ने अभ्यास छ । यस्तै, संसदमा सरकारले आगामी आर्थिक वर्षको लागि ल्याउने बजेटका सिद्धान्त र प्राथमिकता पनि अर्थमन्त्रीले पेश गर्ने प्रचलन छ ।

तर, यसपाली मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गरिसकेकोले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छन् ।

यस्तै, प्रतिनिधिसभा विघटन हुनअघि नै संसदमा सरकारका नीति तथा कार्यक्रम र बजेटका प्राथमिकता तथा सिद्धान्तहरु पेश गर्ने समय भएपनि सरकारले पेश गरेको छैन । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

Share News