अर्थमन्त्री पौडेलले सार्वजनिक गर्न लागे आगामी आर्थिक वर्षको बजेट

<p>काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि अर्थमन्त्री पौडेलले अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आगामी आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण (बजेट) सार्वजनिक गरिरहेका छन् । अर्थमन्त्रीका रुपमा पौडेलले दोस्रो पटक बजेट [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि अर्थमन्त्री पौडेलले अध्यादेश मार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

मन्त्री पौडेलले अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आगामी आर्थिक वर्षको आम्दानी तथा खर्चको विवरण (बजेट) सार्वजनिक गरिरहेका छन् । अर्थमन्त्रीका रुपमा पौडेलले दोस्रो पटक बजेट सार्वजनिक गर्ने अवसर पाएका छन् ।

यसअघि केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेलामा ५ वर्ष अगाडि पौडेल अर्थमन्त्री थिए । सो बेला पनि पौडेलले बजेट सार्वजनिक गरेका थिए ।

दोस्रो पटक सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बनेपछि ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेका थिए । खतिवडाले ओली नेतृत्वको सरकारको तर्फबाट लगातार ३ वटा बजेट सार्वजनिक गरेका थिए । तर, अहिले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट कात्तिक २६ गते र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । त्यसैले काम चलाउ सरकारको हैसियतमा अर्थमन्त्री पौडेलले यो बजेट सार्वजनिक गर्न लागेका हुन् ।

Share News