काठमाडौं । सरकारले आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरेका हुन् । उनले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा करका दरमा घटबढ गरेका छन् ।
कर कुनमा घट्यो ?
अर्थमन्त्री पौडेलले आयकरमा ९० प्रतिशतसम्म छुट दिने बताएका छन् । उनले वार्षिक २० लाख कारोबार गर्नेलाई ९० प्रतिशत, २० लाखदेखि ५० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत र ५० लाख देखि १ करोड सम्म कारोबार गर्नेलाई ५० प्रतिशतसम्म कर छुट दिने बताएका हुन् । यस्तै उनले पर्यटन व्यवसायीलाई १ प्रतिशत आयकर लाग्ने बताएका छन् ।
अर्थमन्त्री पौडेलले विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज गरेको पनि बताएका छन् । यस्तै, इन्डक्सन चुल्होमा एक प्रतिशत मात्रै कर लाग्ने बताएका छन् ।
उनले विद्युतीय सवारी साधनमा अन्तशुल्क खारेज गरेको बताएका छन् । उनले इन्डक्सन चुल्होमा एक प्रतिशत मात्रै कर लाग्ने बताएका छन् ।
यस्तै, उनले उद्योगहरुले खरिद गर्ने इन्धनमा भ्याट फिर्ता पाउने बताए । निजी क्षेत्रको प्रमुख मागमा इन्धनमा भ्याट फिर्ता पाउनुपर्ने रहेको थियो ।
सरकारले स्टार्टअप व्यवसाय शुरु गर्नेलाई व्यवसाय शुरु गरेको ५ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने भएको छ । उनले स्टार्टअप व्यवसाय प्रबद्र्धन गर्नका लागि निजी क्षेत्रको उद्योग प्रतिष्ठानले बढीमा प्रति व्यवसाय ५ वटा व्यवसायलाई १ लाख रुपैयाँसम्मको बिउ पुँजी उपलब्ध गराएमा करयोग्य आयकर गणना गर्दा कट्टी गर्ने व्यवस्था गरिएको उनले बताए ।
सरकारले क्यूआर कोड मार्फत कुनै सामान किने वा शुल्क तिरे भ्याटको १० प्रतिशत शुल्क तत्काल पाइने नियम ल्याएको छ । यदी १०० रुपैयाँको सामान किन्दा १३ रुपैयाँ भ्याट तिनुपर्छ । यसो हुँदा १ रुपैयाँ ३० पैसा तुरुन्त फिर्ता पाइन्छ ।
कुनमा कर बढ्याे ?
सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ । अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको बताए ।