काठमाडौं । होण्डाको सिबी ३५० डिएलएक्स बाइक सबै बिकी भएको छ । केही साता अघि सार्वजनिक भएको यस बाइक आइतबार सबै बिक्री भएको हो ।
होण्डाद्वारा निर्धारित यस बाइकको मूल्यका विषयमा केहि समीक्षा अवश्य भएता पनि यस बाइकमा भएको फिचर्स्ले बाइकरहरुको मन लोभ्याएकाे देखिएकाे छ ।
स्टक आउट भएसँगैं अब यस बाइक खरिद गर्न इच्छुक ग्राहकहरुले अगष्ट महिनासम्मका लागि कुर्नु पर्नेछ ।
आकर्षक रेट्रो लुक्स, ३५० सिसिको इन्जिन र मोर्डन फिचर्स्ले गर्दा यो बाइक सबै उमेरका बाइकरहरु माझ लोकप्रिय बन्न सफल भएको कम्पनीकाे दाबी गरेको छ ।
३००० आरपिएममा ३० एनएमटर्क र ५५०० आरपिएममा २१.०७ पिएसको अधिक्तम पावर उत्पादन गर्न सक्ने यस बाइकमा प्रतिस्पर्धी बाइकहरुमा उपलब्ध नभएका धेरै फिचरर्सहरु जस्तै रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहितको एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् , डिजिटल मिटरहरु उपलब्ध रहेका छन् ।