आज संसदमा बजेट अध्यादेश पेश हुँदै

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेश पेश गर्ने भएका छन् । उनले साँझ ४ बजेका लागि बोलाइएको बैठकमा बजेट अध्यादेश पेश गर्ने भएका हुन् । आज संघीय संसदको दुबै सभाको बैठक बस्दैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको हो । सरकारको सिफारिसमा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेश पेश गर्ने भएका छन् । उनले साँझ ४ बजेका लागि बोलाइएको बैठकमा बजेट अध्यादेश पेश गर्ने भएका हुन् ।

आज संघीय संसदको दुबै सभाको बैठक बस्दैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुबै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनको बैठक आह्वान गरेकी हुन् । सरकारले यसअघि साउन ३२ गते दुबै सदनको बैठकको अन्त्य गरेको थियो ।

[pdf id=293652]

Share News