काठमाडौं । सांसद जगदीश खरेलले राजधानी दैनिकविरुद्ध प्रेस काउन्सिल नेपाल तथा साइबर ब्युरोमा उजुरी दर्ता गरेको गरेका छन् ।
सोमबार उनले नेपाल प्रहरीको साइबर ब्यूरोमा आफ्नोबारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।
विपक्षीहरूले इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जालमा आफूविरुद्धमा कानुनले प्रकाशन तथा प्रशारण गर्न रोक लगाएको सामाग्रीहरू, सार्वजानिक नैतिकता, शिष्ठाचार विरुद्धका सामग्री, निवेदकप्रति घृणा वा द्वेष फैलाउन कार्य गरेको निवेदनमा उल्लेख गरेका छन् ।