काठमाडौं । सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले आइतबार एक सूचना जारी गर्दै बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको जनाएको हो ।
संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो। तर विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो।