काठमाडौं । आजको संसद बैठकमा पनि एमसीसी पेश नहुने भएको छ । सत्ता गठबन्धनको बैठकले आजको संसद बैठकमा एमसीसी पेश नगर्ने सहमति गरेको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले एमसीसी परियोजनालाई टुंगोमा पुर्याउन चाहने धारणा राखेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
संसद बैठक दिउँसो १ बजे बस्दै छ ।