काठमाडौं । केही दिनयता सिथिल देखिएको सेयर बजारमा आज भने रौनक देखिएको छ । बजार मापक नेप्से परिसुचक १०१ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्सेका अनुसार आज कारोबार बन्द हुने समयसम्ममा १८८ कम्पनीको सेयर मूल्य बढेर बन्द भएको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।
आज एसिएन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य बढेर सर्किटन तह (१० प्रतिशतको हाराहारी) मा कारोबार भयो । आज बजारमा ४ अर्ब ८७ करोड रुपैयाँ बराबरका सेयर खरिद विक्री भएका थिए ।
वाणिज्य बैंकहरुले चैत महिनाको लागि बैंकको व्याज नबढाउने निर्णय गरेका छन् । यस्तै, बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिएको तथा सरकारको पुँजीगत बजेट खर्च बढ्ने समय आएकोले बजारमा तरलता अभाव कम हुने अनुमानका आधारमा सेयर बजारमा उछाल देखिएको हो ।