
काठमाडौं । छ्याङदी हाइड्रोपावरको ५९ हजार ८२७ कित्ता सेयर लिलामीका लागि आव्हान गरिएको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज कार्यालयमा खोलिने जानकारी दिँदै प्रतिनिधिलाई उपस्थित भइदिन आग्रह गरेको छ । कम्पनीले चैत १ गतदेखि ९ गतेसम्म सेयर लिलामी बिक्री खुला गरेको थियो ।
यसअघि कम्पनीले माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ अनुपातमा कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।