काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्ने भएको छ । आईपीओ नेप्सेमा सूचीकरण भएसँगै सोमबारदेखि सेयर कारोबार खुला हुने भएको हो ।
ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल तीन करोड १२ लाख ५० हजार कित्ता सेयर सूचीकरण गरिएको हो ।
दोस्रो बजारका लागि नेप्सेले ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसाभित्र रहेर हुने नेप्सेले जनाएको छ ।