उन्नति लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

<p>काठमाडौं । नेपाल स्टब एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । उन्नतिले ३० प्रतिशतले हुन आउने ५ लाख २८ हजार ५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भई डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते [&hellip;]</p>

काठमाडौं । नेपाल स्टब एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

उन्नतिले ३० प्रतिशतले हुन आउने ५ लाख २८ हजार ५०९ कित्ता बोनस शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भई डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले गत पुस २८ गते समपन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

साधारण सभाले सर्वसाधारण सेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

लघुवित्तले प्रतिसेयर १५९ रुपैयाँका दरले २ करोड ८३ लाख ७३ हजार ७३७ दशमलव ६७ रुपैयाँ मूल्य बराबरको १ लाख ७८ हजार ४५१ कित्ता सेयर बिक्री गर्न लघुवित्तले पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग चैत २५ गते आवेदन दिइसकेको छ ।

Share News