कुन–कुनमा घट्यो कर ? यस्तो छ बजेटमा कर सम्बन्धि व्यवस्था

<p>काठमाडौं । सरकारले अन्तः शुल्क भन्सार दर लगायतका करका विषयहरु परिवर्तन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत् आयकरको सीमा बढाएका छन् । उनले एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरेका छन् । यो कर साउन १ गतेदेखि लागू हुने छ । कोभिड–१९ [&hellip;]</p>

काठमाडौं । सरकारले अन्तः शुल्क भन्सार दर लगायतका करका विषयहरु परिवर्तन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत् आयकरको सीमा बढाएका छन् ।

उनले एकललाई ५ लाख र दम्पतिको हकमा ६ लाखसम्म एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरेका छन् । यो कर साउन १ गतेदेखि लागू हुने छ ।

कोभिड–१९ महामारीबाट प्रभावित साना ब्यवसायीलाई राहत प्रदान गर्न बार्षिक ३० लाख रुपैयाँसम्म कारोबार भएका करदातालाई ७५ प्रतिशत र बार्षिक ३० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशत आयकर छुट प्रदान प्रदान गरिने भएको छ ।

सरकारले ल्याएको बजेट अनुसार, होटल, ट्राभल, ट्रेकिङ, चलचित्र ब्यवसायजस्ता पर्यटन क्षेत्रका उद्योगको आर्थिक बर्ष २०७८÷७९ को उद्देश्य बमोजिमको ब्यवसायिक करयोग्य आयमा ५० प्रतिशत कर छुट हुने छ।

कृषि कार्यका लागि आवश्यक पर्ने यन्त्र, उपकरण वा पाट पुर्जा उत्पादन गर्ने कृषि औजार कारखाना नेपालमा नै खोल्न प्रोत्साहन गर्न यस्तो उद्योग स्थापना गरेमा कारोबार सञ्चालन भएको मितिले ५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने सरकारले घोषणा गरेको छ ।

नेपालमा चार पाङ्ग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारी साधन उत्पादनका लागि चाहिने पाटपूर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिशमा ५० प्रतिशत अन्तःशुल्क छुट दिनुका साथै भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था मिलाइएको छ ।

विद्युतीय रिक्सा र विद्युतीय मोटरसाईकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपूर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरिएको छ ।

कृषि सहकारीले कृषिजन्य उत्पादन ढुवानी गर्न खरिद गर्ने एक थान ढुवानी साधनको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ । सरकारले केही निर्यातजन्य वस्तुको भन्सारदर घटाएको छ ।

यस्ताे छ करका विषय :

– संघ, प्रदेश र स्थानीय तहका सवै सरकारी निकायले स्थायी लेखा नम्वरलिई विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ।

-नागरिकता तथा राष्‍ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत व्यक्तिगत स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइनेछ।नाबालिग नागरिक समेत लगानी वाव्यवसायमा संलग्न भएमाउनीहरूलाई जन्म दर्ता वानावालिग परिचयपत्र र अभिभावकको परिचय पत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्ने व्यवस्था मिलाएको छु।

-नेपालमा काम गर्न श्रम सहमति वा कार्य सहमति प्राप्‍त गरेका विदेशी नागरिकलाई पारिश्रमिक कर लगायत अन्य करको दायरामा ल्याउन श्रम स्वीकृति तथा भिसा नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नु पर्ने व्यवस्था गरिनेछ।

-पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य रुपमापेशगर्नुपर्ने व्यवस्था गरिनेछ।चार पाङ्ग्रे सवारी साधन खरिद गर्दा अनिवार्य रूपमा स्थायी लेखा नम्बरपेश गर्नु पर्ने व्यवस्था गरिनेछ।

प्रत्यक्ष कर

-नेपाल बाहिरबाट विद्युतीयसञ्जालहरुको प्रयोग गरी नेपालभित्र आर्थिक क्रियाकलाप सञ्चालन हुने क्रम बढ्दै गएको सन्दर्भमा त्यस्ता व्यवसाय वा कारोबारलाई करको दायरामा ल्याउने व्यवस्था मिलाएको छु।

-व्यक्ति वा परिवारको आधारभूत जीवन निर्वाह लागतलाई दृष्‍टिगत गर्दै प्राकृतिक व्यक्ति तथा दम्पत्तिलाई आयकर ऐन, 2058 ले प्रदान गरेका आयकरछुटको सीमालाई वृद्धि गरी प्राकृतिक व्यक्तिको हकमा रु.५ लाख र दम्पत्तिको हकमा रु.6 लाखपुर्‍याएको छु। साथै, आयकर प्रयोजनका लागि बीमाप्रिमियम बापत घटाउन पाउने सीमालाई रु. ४० हजार पुर्‍याएको छु

-चार पाङ्ग्रे विद्युतीय सवारी साधन उत्पादनवा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार शुरु गरेको मितिले 5 बर्षसम्म ४0 प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छु

-नेपाल बाहिर सफ्टवेयर,विद्युतीय सेवा,विजनेसप्रोसेसआउटसोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई सो बमोजिमको आयमा एक प्रतिशतमात्र कर लाग्ने व्यवस्था मिलाएको छु

-कोभिड १९ को महामारीबाट प्रभावित साना व्यवसायीलाई राहत प्रदान गर्न आर्थिक वर्ष 2078/79 को आयमा वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ३० लाखदेखि देखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशत आयकर छुट प्रदान गर्ने व्यवस्था मिलाएको छु।

-कोभिड १९ को महामारीबाट बढी प्रभावित भएका होटल, ट्राभल,ट्रेकिङ, चलचित्र व्यवसाय जस्ता पर्यटन क्षेत्रका उद्योगको आर्थिक वर्ष 2078/79 को उद्देश्य बमोजिमको व्यवसायिक करयोग्य आयमा ५० प्रतिशत कर छुट दिने व्यवस्था मिलाएको छु

-कृषि कार्यका लागि आवश्यक पर्ने यन्त्र, उपकरण वा पाटपूर्जा उत्पादन गर्ने कृषि औजार कारखाना नेपालमा नै खोल्न प्रोत्साहन गर्न यस्तो उद्योग स्थापना गरेमा कारोबार सञ्चालन भएको मितिले ५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने व्यवस्था मिलाएको छु ।

-कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा १०० जनाभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार शुरु गरेको मितिले १५ वर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने व्यवस्था मिलाएको छु।

-साहित्यिक लेख वा रचनाको रोयल्टीस्वरुप प्राप्त हुने लेखकस्वमा १ दशमलव ५ प्रतिशतमात्र अग्रिम कर कट्टी हुने व्यवस्था मिलाएको छु।

अप्रत्यक्ष कर

-उत्पादनमूलकउद्योगहरुले पैठारी गर्ने कच्चा पदार्थको भन्सार दर तयारी मालवस्तुको भन्सार दरभन्दा कम्तीमा एक तह कम गर्ने नीति अनुरुपत्यस्तामालवस्तुको भन्सार महसुलमा केही परिमार्जन गरेको छु।साथै, बिलासिताकासामानहरुको आयातलाई निरुत्साहित गर्न भन्सार महसुल, अन्तःशुल्कलगायतका पैठारीमा लाग्ने करका दरमा बढोत्तरी गरेको छु

-नेपालमा चार पाङ्ग्रे सवारी साधन उत्पादन वा एसेम्वल गर्ने उद्योग स्थापना गरेमा सवारी साधन उत्पादनका लागि चाहिने पाटपूर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिशमा ५० प्रतिशत अन्तःशुल्क छुट दिनुका साथै भन्सार महसुलमा समेत 2५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु। यसैगरी विद्युतीय रिक्सा र विद्युतीयमोटरसाईकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपूर्जामा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था मिलाएको छु

-स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छु।नेपालमा नै स्यानेटरीप्याडउत्पादन गर्ने उद्योगकालागिआवश्यकपर्नेकच्चापदार्थको आयातमा१ प्रतिशतमात्र भन्सारमहसुल लाग्ने गरी भन्सार दरमा उल्लेख्यछुटप्रदान गर्ने व्यवस्था मिलाएको छु। सरकारी वा सार्वजनिक निकायले स्वीकृत कार्यक्रम बमोजिम वितरण गर्ने स्यानीटरी प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादन खरिद गर्नुपर्ने व्यवस्था गरिनेछ

-कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहयोग पुर्‍याउन स्थानीय तहले एक वटा कृषि एम्बुलेन्स वा ढुवानी साधन खरिद गरेमा उक्त साधनको पैठारीमा लाग्ने भन्सार महसुल पूर्ण रुपमा छुट दिने व्यवस्था मिलाएको छु। कृषि सहकारीले कृषिजन्य उत्पादन ढुवानी गर्न खरिद गर्ने एक थान ढुवानी साधनको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरेको छु ।

-सामुदायिक वा सार्वजनिक विद्यालयले खरिद गर्ने बढीमा २ वटा स्कुल बसको आयातमा लाग्ने भन्सार महसुलमा ७५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छु।

-अपाङ्गताभएकाव्यक्तिलेप्रयोगगर्नेसहायकसामग्रीकोउत्पादनगर्नेउद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको भन्सार महसुलमा उद्योग विभागको सिफारिशमा पूर्ण छुट दिने व्यवस्था मिलाएको छु ।अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्नेयूरीनव्यागमा भन्सार महशुल पूर्ण रुपमा छुट दिने व्यवस्था गरेको छु।

-नेपाली मदिराको विश्वस्तरमाब्राण्डीङ्ग गरी निकासी प्रवर्द्धन समेतमा सहयोग पुर्‍याउनगुणस्तरीय र उच्च कोटीको मदिरा उत्पादनका लागि ह्वीस्कीकोमाल्टमेचुरेशन गर्न सक्ने व्यवस्था मिलाएको छु।

गैरकर

-‌औपचारिक माध्यमबाट विप्रेषण पठाउने वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई राहदानी नविकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नविकरणवापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिनेछ।

-एउटै व्यक्तिले एकभन्दा बढी घर वा अपार्टमेन्ट खरिद गरेमा प्रत्येक थप घरको रजिष्ट्रेशन पास गर्दा शतप्रतिशत थप रजिष्ट्रेशन दस्तुर लाग्ने गरी आवश्यक व्यवस्था गरिनेछ

-गैर करको दरलाई लागत प्रभावी हुने गरी समयानुकूल परिमार्जन गरिनेछ ।

Share News