काठमाडौं । स्वास्थ्य बीमाको दायरालाई १० लाख पुर्याउन नेपाली कांग्रेशका नेता तथा सांसद गगन थापाले सुझाव दिएका छन् । बिहीबार स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङलाई भेटेर नेता थापाले सो सुझाव दिएको बताएका छन् ।
साथै नेता थापाले मन्त्री खापुङलाई सेवा सहज र गुणस्तरीय बनाउन र कर्मचारी व्यवस्थापनको लागि एकीकृत पूर्वाधार मापदण्ड कार्यान्वयन गर्न सुझाव दिएका छन् । मन्त्री खापुङले आफुले राखेको सुझाव कार्यान्वयन गर्ने कुरामा सकरात्मक पहल गर्ने आफुलाई विश्वास लागेको बताएका छन् ।