काठमाडौ । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक बिक्रेता एमएडब्लु अर्थमुभर्सले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेको छ ।
शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठी र एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजार औं मेसिनको चाबी हस्तान्तरण गरे ।
१० हजार औं मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण गर्दै सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए । उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पुर्ति गर्न जेसीबी इन्डिया सदैब तयार रहेको पनि बताए ।
एमएडब्लु अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीको दावी छ ।