काठमाडौं । नेप्सेमा ग्रीन डभलपमेन्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । बुधबारको सेयर कारोबारमा बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेपछि लगानीकर्ताको आकर्षण बढेको हो ।
बुधबार बैंकको १८ हजार ७५२ कित्ता सयेर १३८ पटक खरिदबिक्री हुँदा ५० लाख ४८ हजार ८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकको सेयर मूल्य १० प्रतिशत अर्थात् २४.९० रुपैयाँ बढेर २७३.९० रुपैयाँ पुगेको छ । यसअघि बैंकको सेयर मूल्य २४९ रुपैयाँ रहेको थियो ।
