केविएल सेक्युरिटिजले सिमित कार्य गर्न पूँजी वृद्धि गर्ने

<p>काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केविएल सेक्युरिटिजले आफ्नो पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीले सिमित कार्य गर्ने धितोपत्र दलालको इजाजतप्राप्त गर्न आवेदनका लागि पूँजी वृद्धि गर्न आवश्यक देखिएको हुँदा अधिकतम पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी २० करोड रुपैयाँ पुर्याउने भएको छ । कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकको सहायक कम्पनी केविएल सेक्युरिटिजले आफ्नो पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीले सिमित कार्य गर्ने धितोपत्र दलालको इजाजतप्राप्त गर्न आवेदनका लागि पूँजी वृद्धि गर्न आवश्यक देखिएको हुँदा अधिकतम पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी २० करोड रुपैयाँ पुर्याउने भएको छ ।

कम्पनीको असोज ५ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव सहित विशेष साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको सभा असोज २४ गते कुमारी बैंकको रविष्टर्ड कार्यालयमा बिहान १० बजे बोलाएको हो ।

कम्पनीको सभाले हाल कायम ५ करोड रुपैयाँ चुक्ता पूँजीलाई ६० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ पाँचौं संशोधन बमोजिम धितोपत्र दलालको काम गर्ने कम्पनीको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने प्रावधान भएकोले सोहि अनुसार प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्न कम्पनीले विशेष साधारणसभा बोलाएको जनाएको छ ।

Share News