काठमाडौं । एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ) रमेश अर्यालले मर्जर आफुहरुको लागि बाध्यता भएका बताएका छन् ।
शुक्रबार भएको बैंकको वार्षिक साधारणसभामा उनले सबै बैंक आफैमा सक्षम भएको र मर्जर बाध्यता मात्र भएको बताएका हुन् । ‘सबै बैंकहरु आफैमा सक्षम छन्, हाम्रो लागि मर्जर बाध्यता हो,’ उनले भने ।
उनले सेयरधनीको लगानी सुरक्षित गर्न र प्रतिफल दिनेकाे लागि पनि मर्ज भएको बताए । मर्ज गरेपछि बैंकलाई आगामी दिनमा थप उच्च प्रतिफल दिने बनाउने उनले बताएका छन् ।