बेनेलीको नयाँ शोरुम पोखरामा, ६० हजार डाउन पेमेन्टदेखि बिना ब्याज फाइनान्सिङ सुविधा

<p>काठमाडौं । बेनेली मोटरसाइकलको नयाँ शोरुम तथा सर्भिस सेन्टर पोखराको नयाँबजारमा संचालनमा आएकाे छ । बेनेलीकाे एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त शाेरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हाे । बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत [&hellip;]</p>

काठमाडौं । बेनेली मोटरसाइकलको नयाँ शोरुम तथा सर्भिस सेन्टर पोखराको नयाँबजारमा संचालनमा आएकाे छ । बेनेलीकाे एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त शाेरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हाे ।

बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

साथै, ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिहथ छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् ।

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो ।

 

Share News