इभी नेपाल मोटर्सको नयाँ शोरुम नक्सालमा, वुलिङ्गको विद्युतीय कार बिक्री गर्ने

<p>काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ । कम्पनीले यस मार्फत ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जि मोटर्सको पनि लगानी रहेको उलिङ एयर इभी कार पनि लन्च गरेको छ । [&hellip;]</p>

काठमाडौं । नक्शालमा इभी नेपाल मोटर्सले नयाँ शोरुम उद्घाटन गरी संचालनमा ल्याएको छ । दुई पाङग्रे विद्युतीय सवारी बेचिरहेको यस कम्पनीले अब यस शोरुममार्फत चार पाङग्रे सवारी बिक्री गर्ने जनाएको छ ।

कम्पनीले यस मार्फत ईन्डोनेशियामा निर्मित ४ सिट क्षमता भएको अमेरिकन जि मोटर्सको पनि लगानी रहेको उलिङ एयर इभी कार पनि लन्च गरेको छ । यो इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

२००/३०० किलाेमिटर माइलेज रहेको यस गाडीमा ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले बताएकाे छ ।

नक्शालमा रहेको उक्त शोरुम बिहान ९:३० बजेदेखि बेलुका ६:३० बजेसम्म खुल्ला रहने बताइएकाे छ ।

Share News