बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी सबै प्रस्ताव पारित

<p>काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । याेसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशतका दरले नगद लाभांश पाउनेछन् । यस्तै, सभाले ग्लोबल आइएमई बैंकसँग मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो ।

याेसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशतका दरले नगद लाभांश पाउनेछन् ।

यस्तै, सभाले ग्लोबल आइएमई बैंकसँग मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।

बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share News