काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमकाे विजेता घाेषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमकाे विजेताहरु घोषणा गरेको हाे ।
यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक-एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।
जसमा प्रदेश १ बाट सत्य साइ अटो सिटीका दुर्गा सापकोटा प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका अमित कुमार शाह, प्रदेश ३ बाट एसटिसि टेकुबाट मनिशा बज्राचार्य, प्रदेश ४ बाट कँवर ब्रदर्सका कृष्ण कुमार आले, प्रदेश ५ बाट अम्रित इन्टरनेशनलका बिष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपार्टस एण्ड सप्लायर्स सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सबाट लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेका छन् ।
त्यसैगरी, सिद्धी बिनायकका चन्द्र बहादुर थापाले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।