मेगा बैंकको लाभांशसँगै मर्जर प्रस्ताव पारित

<p>काठमाडाैं । मेगा बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे बिहीबार सम्पन्न साधारण सभाबाट बैंककाे प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएकाे हाे । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले [&hellip;]</p>

काठमाडाैं । मेगा बैंककाे प्रस्तावित लाभांश पारित भएकाे छ । बैंककाे बिहीबार सम्पन्न साधारण सभाबाट बैंककाे प्रस्तावित ७.७९ प्रतिशत लाभांश पारित भएकाे हाे ।

बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ । सभाले मेगा बैंकको १०० कित्ता सेयर बराबर मेगा बैंकका सेयरधनीहरुलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको हो ।

दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने छ ।

मेगा बैंककाे चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप ९५ करोड रुपैंयाले वृद्धि भई १ खर्ब ५७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी, कर्जा ३ अर्ब ९१ करोड रुपैंयाले वृद्धि भइ १ खर्ब ५३ अर्ब ९५ करोड रुपैंया पुगेको छ । गत त्रैमासमा बैंकले ५० करोड ९२ लाख रुपैंया खूद मुनाफा आर्जन गरेको छ । यसैगरी, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब ६ अर्ब ३ करोड रुपैंया सहुलियत कर्जा र ५ अर्ब १९ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

हाल बैंकको २०८ शाखा, २७ वटा एक्स्टेन्सन काउण्टर रहेका छन् ।

 

Share News