
काठमाडौं । नेपाली कांग्रेसले नयाँ सरकार गठनका क्रममा आगामी राष्ट्रपति र प्रधानमन्त्री दुबै पद नछाड्ने शन्देश माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । आइतबार बिहान खुमलटार पुगेर नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधीले सो सन्देश प्रचण्डलाई दिएका हुन् ।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयसिमाको केही घण्टा मात्रै समय बाँकी रहँदा नेपाली कांग्रेसले राखेको अडानले नयाँ सरकार संविधानको धारा ७६ (२) अनुसार सरकार बन्न कठिन हुने देखिएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमत पुर्याएर प्रधानमन्त्री दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेकी छन् ।
आगामी सरकार निर्माणको क्रममा मुख्यतया गठबन्धनमा रहेका तीन ठूला राजनीतिक दल कांग्रेस, माओवादी र नेपाली कांग्रेसले आ-आफ्नो अडानलाई कायम राख्दै छलफल गर्दै आएका छन् । आइतबार साँझ ५ बजेसम्म नयाँ सरकारको प्रकृया अगाडि नबढेमा राष्ट्रपतिले नयाँ सरकार गठनको लागि संविधानअनुसार नयाँ प्रकृयाको थालनी गर्न सक्छिन् ।