टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न, हजार बढी ग्राहकको सहभागिता

<p>काठमाडौं । टाटा मोटरसको सर्भिस क्याम्प सम्पन्न भएको छ । देशका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा पुस १० देखि १२ सम्म सफलतापूर्वक क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको हाे । काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड सेवा केन्द्रमा क्याम्पस सञ्चालन भएको थियो भने उपत्यका बाहिरका ९  स्थानका सेवा केन्द्रहरुमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ । [&hellip;]</p>

काठमाडौं । टाटा मोटरसको सर्भिस क्याम्प सम्पन्न भएको छ । देशका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा पुस १० देखि १२ सम्म सफलतापूर्वक क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको हाे ।

काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड सेवा केन्द्रमा क्याम्पस सञ्चालन भएको थियो भने उपत्यका बाहिरका ९  स्थानका सेवा केन्द्रहरुमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाबाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, सर्रा, धनगढी र  नेपालगञ्जका सेवाकेन्द्रमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ  ।

यस तीन दिने क्याम्पमा  टाटाका  ९५५ वटा  ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले परीक्षण एवं मर्मत सम्भार गरिएको कम्पनीले जनाएको छ । यस क्रममा १ हजार ५३३ जना ग्राहकको सहभागिता रहेको थियो ।  गाडी परीक्षण गराउने ग्राहकहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश:  १८, १५ र १८  प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिएको कम्पनीले जनाएको छ  । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था थियो ।

कम्पनीका अनुसार पछिल्लो समय नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजारमा द्रुत गतिमा विस्तार भइरहेको छ ।

Share News