गल्फ लुब्रिकेन्टको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न

<p>काठमाडौं । नेपाल ल्युब आयलको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न भएको छ । उक्त सर्भिस क्याम्प पुस ९ गते १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो । स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप [&hellip;]</p>

काठमाडौं । नेपाल ल्युब आयलको स्वराज ट्रयाक्टर सर्भिस क्याम्प सम्पन्न भएको छ । उक्त सर्भिस क्याम्प पुस ९ गते १३ गतेसम्म भारदह, राजविराज, बरियारपट्टी, सिराहा र कल्याणपुरमा सम्पन्न भएको थियो ।

स्वराज ट्रयाक्टरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । ट्रयाक्टर धनी तथा ड्राइभरको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क बडी चेकअप र रक्तचाप जाँच पनि गरिएको थियो ।

सो क्याम्पमा सहभागी सबै ट्रयाक्टर धनी तथा ड्राइभरलाई उपहार स्वरूप गल्फको टिशर्ट, किरिङ्ग र पेन प्रदान गरिएको थियो ।

क्याम्प नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारीक ओइएम सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा भएको हो ।

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनी हो नेपाल ल्युब आयल ।

Share News