मर्जर पश्चात् कुमारी बैंकले ठूलो फड्को मार्छ : अध्यक्ष सुनिल केसी

<p>काठमाडौं । नेपाल बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले मर्जर पश्चात् कुमारी बैंकले ठूलो फड्को मार्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ वर्षको शुभ साइतमा एकिकृत कारोबारले थप उत्साह छाएको बताए । अध्यक्ष केसीले कुमारी र एनसीसी सबैभन्दा छोटो ६५ दिनमै एकीकृत [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले मर्जर पश्चात् कुमारी बैंकले ठूलो फड्को मार्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार शुभारम्भको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नयाँ वर्षको शुभ साइतमा एकिकृत कारोबारले थप उत्साह छाएको बताए । अध्यक्ष केसीले कुमारी र एनसीसी सबैभन्दा छोटो ६५ दिनमै एकीकृत कारोबार गर्न सफल हुन धेरै ठूलो फड्कोभएको बताए ।

उनले नेपालको बैंक क्षेत्रमा थपिएको चुनौती मर्जरले सहज हुने बताए । उनले कुमारी र एनसीसी बैंकको मर्जरमा बैंकर संघले पुर्ण सहयोग गर्ने पनि बताए ।

 

 

Share News