काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको सुरु गरेकाे छ । अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइने यस कार्यक्रममा देशभरबाट १२५ जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागि छन् ।
कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए । भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कारले कार्यक्रमका सहभागीलाई प्रशिक्षण दिँदै छन् । कम्पनीले पुस २३ गते आर्मी अफिसर क्लबमा करिब ८ सय जना अभिकर्ताहरुलाई प्रशिक्षण दिने तयारी पनि गरिरहेकाे जानकारी दिएकाे छ ।
२०७९ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र सेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।
यसका साथसाथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरेकाे छ ।