नेपाल इन्स्योरेन्सको लाभांश पारित, पूँजी बढाउन छिट्टै मर्जर गर्ने

<p>काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको पुस २२ गते शुक्रबार बसेको ७४ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । सभाले कम्पनीले आ.व.०७८/०७९ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतका दरले हुने बोनश सेयर र ०.४२११ प्रतिशत नगद [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्सको लाभांश पारित भएको छ । कम्पनीको पुस २२ गते शुक्रबार बसेको ७४ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

सभाले कम्पनीले आ.व.०७८/०७९ को नाफाबाट हाल कायम रहेको चुक्ता पूँजी एक अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको ८ प्रतिशतका दरले हुने बोनश सेयर र ०.४२११ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम चैत्र मसान्त भित्र कम्पनीको चुक्ता पूँजी २.५ अर्ब पर्याउने सम्बन्धमा आवश्यक प्रक्रियाहरु अगाडी बढाई उपयुक्त बीमा कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा वि.स. १९९४ सालमा स्थापित नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले बिगत ७६ वर्ष देखि निरन्तर रुपमा नेपाली बीमा बजारमा सेवा दिँदै आएको छ ।

कम्पनीले देशभर छरिएर रहेको ६० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट बीमितहरुको सेवा दिइरहेको छ ।

Share News