प्राइम लाइफको साधारणसभा आज, १३.६८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

<p>काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको वार्षिक साधारण सभा आज पुस २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे हुने भएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर [&hellip;]</p>

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको वार्षिक साधारण सभा आज पुस २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे हुने भएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।

सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ । कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमशः ६०ः४० रहेकोमा परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

सभाले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मर्जर गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ७ गतेसम्म कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्ने र सभामा भाग लिन सक्नेछन् ।

Share News