दुई बीमा कम्पनीलाई अर्थमन्त्रालयले भन्यो : ९० दिनभित्र लेखापरीक्षण सक्नु, लाभांश वितरण नगर्नु

<p>काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले दुई बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । सोमबार बसेको अर्थमन्त्रालयको बैठकले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई सो निर्देशन दिएको हो । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भई २०८० साल बैशाख १६ [&hellip;]</p>

काठमाडौं । नेपाल सरकार अर्थमन्त्रालयले दुई बीमा कम्पनीलाई तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । सोमबार बसेको अर्थमन्त्रालयको बैठकले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई सो निर्देशन दिएको हो ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भई २०८० साल बैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखापरीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका छन् ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको आर्थिक वर्ष २०७३/७४ देखि लेखापरीक्षण हुन बाँकी छ ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

Share News