जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, सडकमा हजारौंको मृत्यु हुँदा कोही बोल्दैनन् : शौरभ ज्योती

<p>काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसनका पूर्व अध्यक्ष शौरभ ज्योतीले सडकमा हजारौं मान्छेको ज्यान जाँदा पनि कोही नबोल्ने गरेको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसियसनको ४६औं वार्षिक साधारणसभामा बोल्दै ज्योतीले जहाज दुर्घटना हुँदा सरकारले गम्भिर रुपमा चासो दिने गरेको भएपनि सडकमा मृत्युु हुनेका बारेमा भने कुनै वास्ता नगरेको बताएका हुन् । ‘जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, [&hellip;]</p>

काठमाडौं । नेपाल अटोमोबाइल्स एशोसिएसनका पूर्व अध्यक्ष शौरभ ज्योतीले सडकमा हजारौं मान्छेको ज्यान जाँदा पनि कोही नबोल्ने गरेको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसियसनको ४६औं वार्षिक साधारणसभामा बोल्दै ज्योतीले जहाज दुर्घटना हुँदा सरकारले गम्भिर रुपमा चासो दिने गरेको भएपनि सडकमा मृत्युु हुनेका बारेमा भने कुनै वास्ता नगरेको बताएका हुन् ।

‘जहाज दुर्घटना हुँदा देश हल्लिन्छ, अन्तर्राष्ट्रियस्तरमा समेत चासोको विषय बन्छ तर, सडक दुर्घटनामा परेर हजारौंको मृत्युु भइरहेको हुन्छ, कसैले चासो दिँदैनन्,’ उनले भने, ‘सडक सुरक्षाको विषयमा पनि सोच्न आवश्यक छ, सडकमा हजारौंको मृत्युु हुँदा किन कोही बोल्दैनन् ?’

उनले सडकमा हुने दुर्घटना न्यूनीकरणमा सरकारले गम्भिर भएर काम गर्नुपर्ने बताए ।

पछिल्लो समय अर्थतन्त्र सुधारोन्मुख रहेकाले बैंक तथा वित्तीय संथाहरुको ब्याजदर घट्ने अपेक्षा राखेको उनको भनाइ छ । ‘अहिले विस्तारै अर्थतन्त्र सुधार भइरहेको छ, तरलता पनि सहज हुँदैछ, अब ब्याज घटाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै उनले अटो मोबाइल्स क्षेत्रको दीर्घकालीन योजना के हो ? भनेर प्रश्न समेत गरे । नाडाले आफूले गर्नुपर्ने कामको स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे ।

‘हामी सरकारलाई मात्रै यो भएन त्यो भएन भनेर प्रश्न गर्छौं तर हामीले कसरी काम गरिरहेका छौं, हामीले १० वर्ष भित्र यति जनालाई रोजगारी दिन्छौं भनेर किन योजना बनाउन सक्दैनौं ?’ उनले भने ।

अटोमोबाइल्सको विकासका लागि योजना बनाएर जानुपर्ने उनले बताए । साथै, अटो मोबाइल्स विलासिताको वस्तु नभएर आवश्यक वस्तु रहेको बताए ।

Share News