गाडी निर्माता र बैंकर्सको चेपुवामा अटो व्यवसायी

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा नयाँ गाडीहरु ल्याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । चार पाँग्रे गाडी आयात खुला भएतापनि बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको उनीहरुले बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्र कुमार उप्रेती बैंक तथा वित्तीय संस्थाले सहज रुपमा कर्जा [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा नयाँ गाडीहरु ल्याउन नसकिएको व्यवसायीहरुले बताएका छन् । चार पाँग्रे गाडी आयात खुला भएतापनि बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको उनीहरुले बताएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का महासचिव सुरेन्द्र कुमार उप्रेती बैंक तथा वित्तीय संस्थाले सहज रुपमा कर्जा नदिँदा गाडी निर्माता कम्पनीले दबाब दिन थालेको बताए ।

‘आयात खुल्यो तर व्यवसायीले गाडी ल्याउन सकेका छैनन्, राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले अटो कर्जामा कडाइ गरेका छन्, नगद तिरेर गाडी खरिद गर्ने मानिस नहुँदा भएका गाडी समेत बिक्री भएन’, उनले भने ।

उनले अटो लोनमा गरिएको कडाई तथा जोमिख भारलाई नहटाईएसम्म अटो व्यवसाय सामान्य अवस्थामा फर्कन नसक्ने बताए । ‘अटो लोनमा कडाई गर्दा नयाँ गाडी खरिद गर्नेहरुलाई समस्या भयो, बैंक तथा वित्तीय लोन दिएनन, नगद पैसा तिरेर गाडी किन्नेहरु न्यून छन्’, उनले भने, भएका गाडी बिक्री भएका छैनन्, गाडी आयात रोकिनुभन्दा खुल्दा झन समस्या भयो ।’

उनले गाडी निर्माता कम्पनीहरुले व्यवसायीहरुलाई नयाँ गाडी लैजान प्रेसर गर्न थालेको बताए । ‘पहिला गाडी आयातमा प्रतिबन्ध लाग्दा हामी व्यवसायीलाई सजिलो थियो, अहिले आयात खुलेको छ, गाडी किन्ने मानिस नहुँदा तथा बैंकले फाइनान्समा कडाई गर्दा गाडी ल्याउन सक्ने अवस्था छैन’, उनले भने, ‘आयात खुला भयो, गाडी लैजाउँ भन्दै कम्पनीले फोर्स गर्न थालेको छ, पहिला एकलौटी काम भएको थियो, अहिले एलसी खेल्न र नयाँ गाडीहरु ल्याउन कम्पनीले दबाब दिन थाल्यो ।’

कर्जा नदिँदा ३२ सय गाडी रोकिए

नाडाले बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ नगर्दा ७ महिनादेखि विभिन्न भन्सार नाकामा गाडीहरु रोकिएको जनाएको छ ।

नाडाले व्यवसायीहरुले ल्याएका कमर्सियल तथा निजी प्रयोजनका भेकल भन्सारमै राखिएको जनाएकोे छ । नाडा अध्यक्ष धुब्र थापा ७ महिनाादेखि ३ हजार २ सयभन्दा बढी गाडिहरु नाकामै राखिएको बताउँछन् ।

उनले बैंक तथा वित्तीय संस्थाले अटो लोन, हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्नुपर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गर्नुपर्ने लगायतका कुरा सम्बोधन नहुँदासम्म व्यवसायीहरु समस्यामा पर्ने बताए ।

यस्तै, नाडाले चालु पुँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवाहारिक बुँदाहरुको संशाेधनका लागि आग्रह गर्दै आएको छ ।

देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । आयातमा प्रतिबन्ध लगाएको साढे ८ महिनापछि सरकारले गत पुस १ गतेदेखि आयातमा लगाईएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

नाडाले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै सरकार र राष्ट्र बैंक विरुद्ध आन्दोलन नै गरेका थिए ।

Share News