काठमाडौं । हंसराज हुलास चन्द एण्ड कम्पनीले बजारमा नक्कली स्पेयरपार्ट्सको विगविगीबाट ग्राहकलाई सचेत गराउन क्याम्पेन सञ्चालन गरेको छ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक रहेको यस कम्पनीले उपभोक्ताहरुलाई सचेत गराउन सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ ।
कम्पनीले ग्राहकलाई बजाजको स्पेयरपार्ट्स आधिकारिक वर्कसपहरुमा मात्र किन्न आग्रह गरेको छ । आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस्हरु मात्र सक्कली रहेको कम्पनीले बताएको छ ।