२५० सीसीका मोटरहेड बाइक किन्दा ४० हजारसम्म नगद छुट, मूल्य पाँच लाखसम्म

<p>काठमाडौं । बाइक चढ्नु एउटा वर्गको लागि आवश्यकता हो भने अर्को वर्गको लागि ‘प्यासन’ पनि हो । पछिल्लो समयका युवा पुस्तामा बाइकप्रतिको क्रेज बढ्दै गएको देखिन्छ । युवाहरुको बाइकप्रतिको आकर्षणलाई ध्यानमा राखेर ‘मोटरहेड’ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले अफ र अन रोडका विभिन्न आकर्षक मोडेलका बाइकहरु बजारमा ल्याएको छ । मोटरहेडले [&hellip;]</p>

काठमाडौं । बाइक चढ्नु एउटा वर्गको लागि आवश्यकता हो भने अर्को वर्गको लागि ‘प्यासन’ पनि हो । पछिल्लो समयका युवा पुस्तामा बाइकप्रतिको क्रेज बढ्दै गएको देखिन्छ । युवाहरुको बाइकप्रतिको आकर्षणलाई ध्यानमा राखेर ‘मोटरहेड’ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले अफ र अन रोडका विभिन्न आकर्षक मोडेलका बाइकहरु बजारमा ल्याएको छ ।

मोटरहेडले विशेष गरी डर्टका विभिन्न सेगमेन्टका बाइकहरू बिक्री गर्ने गर्छ । नेपालको दुई पांग्रे बाइक बजारमा कम्पनीले छुट्टै पहिचान बनाउने प्रयत्न गरिरहेको छ । जसमा सफलता पनि प्राप्त हुँदै गएको दाबी कम्पनीको छ ।

अहिले बजारमा प्रिमियम गुणस्तर र सुविधासहितका मोटरहेडका २५० सीसीका पेट्रोलियम बाइकको माग उच्च रहेको पनि कम्पनीले जनाएको छ । पछिल्लो समयमा ‘मोटरहेड’ लाई नेपाली बाटो सुहाउँदो बाइकको रुपमा चिन्ने गरिएको छ । कम्पनीकी स्वरुम इन्चार्ज संगिता कम्पनीसँग अहिले विभिन्न नामक ६ सेगमेन्टका बाइक उपलब्ध रहेको बताउँछिन् । उनका अनुसार बजारमा अहिले मोटरहेडका २५० सीसीको ४ वटा, २०० सीसीको एक वटा र १५० सीसीको एक वटा गरी जम्मा ६ वटा मोडलका बाइक उपलब्ध छन् ।

अहिले मोटरहेडले आफ्नो बाइकमा ग्राहकहरुलाई लक्षित गरेर स्टक किल्यरेन्स अफर पनि ल्याएको छ । ‘अफरमा मोटरहेडका दुई पांग्रे सवारीको खरिदमा २५ देखि ४० हजार रुपैयाँसम्म नगद छुट पाइन्छ’, महर्जनले भनिन् ।

क्लियरेन्स अफरमा नगद छुट मात्रै होइन, कम्पनीले बाइक किन्दा हेलमेट पनि निःशुल्क दिन्छ । मोटरहेडका बाइक किन्दा नाम सारी खर्च र एक वर्षसम्मको सडक कर पनि कम्पनीले नै बेहोर्ने महर्जनले बताउँछिन् ।

ग्राहकहरुलाई सजिलो होस भनेर कम्पनीले विभिन्न मोडलका बाइकको नाम तथा फिचर र मूल्यलाई आफ्नै वेबसाइटमै राख्दिएको छ । जसले गर्दा मोटरहेड ब्राण्ड मन पराउने ग्राहकहरुले सबै अनलाइन माध्यमबाट नै सबै विषय बुझेर बाइक किन्ने निर्णय गर्न सक्छन् ।

स्पोर्ट २५०

मोटरहेड कम्पनीले बिक्री गर्दै आइरहेको मध्ये अधिकांशको रोजाइमा पर्ने बाइक हो ‘स्पोर्ट २५०’ । आकर्षक विशेषता र स्मार्ट लुक्स भएकाले पनि यो बाइकमा धेरै युवाहरुको आकर्षण रहेको देखिन्छ । २५० सीसी डिसप्लेसमेन्ट रहेको यस बाइक २ वटा भर्सनमा उपलब्ध छ । एउटा डर्ट र अर्काे मोटाड (रोड) भर्सनमा उपलब्ध रहेको संगिता महर्जनले बताइन् ।

उनका अनुसार अफ-रोड टायर डर्टको ४ लाख ३० हजार र रोड भर्सनका बाइक ४ लाख ३५ हजार रुपैयाँ पर्छ । यी दुई बाइकमा टायरको मात्र फरक छ । एउटामा डर्ट टायर र अर्कोमा मोटाड टायर जडान भएको छ । कम्पनीका अनुसार यो बाइक ब्लु र रेड दुई कलरमा पाउन सकिन्छ ।

स्पोर्ट २५० मा २५० सीसीको इनर ब्यालेन्सर इन्जिन रहेको छ, जुन इन्जिनले १९ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा २० एमएम टर्क उत्पादन गर्दछ । यो बाइकमा ६ स्पिडको गियरवक्स दिइएको छ । बाइकमा ७ लिटर इन्धन अट्ने ट्याङ्कीको जडान गरिएको छ । ३० किलोमिटर प्रतिलिटर माइलेज दिने पनि बताइएको छ । बाइकमा हाइड्रोलिक डिस्क ब्रेक सिस्टम छ ।

स्क्रयाम्बल २५०

मोटरहेडको स्क्र्याम्बल २५० लामो यात्राको लागि सबैभन्दा बढी उपयुक्त मानिन्छ । यस बाइकको डिस्पलेसमेन्ट २५० सीसी रहेको छ । बाइकमा कूलिङ सिस्टम ओयल-कूल्ड रहेको छ । प्रतिघण्टा १२० किलोमिटरको टप स्पिडमा बाइकमा चढेर यात्रा गर्न सकिन्छ । बाइकमा यूयसपी चार्ज पोर्टहरू पनि दिएको छ । जसको प्रयोग गरेर लङ रुटमा यात्रा गर्दा फोन चार्जको सुविधा लिन सकिन्छ ।

स्क्र्याम्बल २५० मा १४ लिटर इन्धन अटाउँछ । बाइकको ग्राउन्ड क्लियरेन्स २७० मिलिमिटर रहेको छ । उक्त बाइकमा सेल्फस्टार्ट बटन छ । बाइकको पिक पावर १९ बीएचपीको हर्ज पावर र ८००० आरपीएम रहेको छ । ओयल कूल्ड इन्जिन रहेको यस बाइको मूल्य ४ लाख ९५ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।

एक्स-टोर्क २५०

मोटरहेडका अन्य मोडल जस्तै २५० सीसी सेगमेन्टमा रुचाइएको मोडल हो ‘एक्स-टोर्क २५०’ । यस बाइकमा पनि सुविधा सम्पन्न फिचरहरू समावेश छन् । त्यसैले पनि होला यस बाइकलाई अधिकांशले रुचाएको पाइन्छ ।

कम्पनीले अहिले एक्स-टोर्क २५० लाई ३ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ । एक्स-टोर्क २५० मोडलको यस बाइकले २५० सीसीको डिस्पलेसमेन्ट दिन्छ । यो बाइकको इन्जिनमा ५ स्पिड गियरबक्स ट्रान्समिसन रहेको छ । बाइकलाई प्रतिघण्टा १२० किलोमिटर टप स्पिडमा कुदाउन सकिन्छ । एक्स-टोर्क २५० ले २० बीएचपीको पावर र १९ एनएम टर्क उत्पादन गर्छ । एभरेजमा यो बाइकले ३० देखि ३५ सम्मको माइलेज दिन्छ ।

एक्स-टोर्क २५० को कर्ब तौल १२२ किलो रहेको यो बाइक दुई वटा भर्सनमा पाइन्छ । बाइकको ग्राउन्ड क्लियरेन्स ३१० मिलिमिटर रहेको छ । यस बाइमा १२ लिटर पेट्रोल अटाउँछ । डर्ट बाइक भएकाले राइडरको सेप्टीको लागि एक्स-टोर्क २५० उपयुक्त हुने पनि कम्पनीले बताएको छ । सो बाइकमा राइड-बाई-वायर, मल्टिमोड ट्रयाक्सन कन्ट्रोल, सुपेरियर मोनोक्रस सस्पेन्सन जस्ता टप क्लास फिचरहरू उपलब्ध रहेका छन् ।

टेक्कन आर २५०

टेक्कन आर २५० बाइक नेपालको सबै भूभागको लागि सुहाउँदो बाइक मानिन्छ । सो बाइकमा फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिक अप र पावर रहेको छ । आर-२५० को अधिकतम गति १२० किलोमिटर प्रतिघण्टा रहने कम्पनीले जनाएको छ । टेकन आरको लम्बाई २१४५ एमएम, चौडाई ८५० एमएम, उचाई ११७५ एमएम, १३९० एमएम ह्वीलवेस र २६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।

टेकन आर-२५० मा २२३ सीसीको इनर व्यालेन्सर इन्जिन रहेको छ, जुन इन्जिनले ८ हजार आरपीएममा १६.७६ बीएचपी पावर तथा ६ हजार ५ सय आरपीएममा १७ एमएम टर्क उत्पादन गर्दछ । सो बाइकमा ६ स्पिडको गियरबक्स दिइएको छ ।

उक्त बाइकमा १४ लिटर प्रेटोल अट्ने ट्यांकी रहेको यस बाइककोे तौल १३२ केजी हुन्छ । मोटरहेड टेक्कन आर २५० मा अल डिजिटल इन्स्टयुमेन्ट प्यानल, डबल डिस्कब्रेक, कडा च्यासीस, आधुनिक ग्राफिक्स, स्टाइलीस हेडलाईट, स्लीक सेप इन्डिकेटर, इनबिल्ट लेगगार्ड लगायतका फिचर्सहरु सामाबेश गरीएको छ ।

साथै यस बाइकमा ठूलो टायर दिइएको छ र सबै लाइटमा एलइडी प्रयोग गरिएको छ । टेकन आर-२५० बाइकको शुरुवाती नेपाली बजार मूल्य ४ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । नेपालमा यो बाइक ग्रे हवाइट र ग्रे गरी दुई वटा कलरमा किन्न पाइन्छ ।

एमएच १५० आर

मोटरहेडको अन्य मोडल जस्तै १५० सीसी सेगमेन्टमा अन्तर्गत अधिकतम रुचाइएको मोडल हो एमएच १५० आर । बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । जसले १४ बीएचपी पावर र १३ एनएम टर्क जेनेरेट गर्छ ।

एमएच १५० आरमा आधुनिक प्रविधिको ग्राफिक्स भएको बाइक हो । डर्ट बाइकमा नयाँ अनुभव लिन चाहने ग्राहकलाई यो बाइक उपयुक्त हुन सक्छ । कम्पनीले नेपालमा यस बाइकको मूल्य ३ लाख १० हजार रुपैयाँ निर्धारण गरेको छ । एमएच १५० आरमा इन्जिन र अन्य प्राविधिक कुराहरू समेत अपग्रेड भएर अपग्रेडेड एमएच १५० आर आएको हो ।

कम्पनीले एमएच १५० आर सेमि डर्ट भर्सनमा उपलब्ध रहेको बताएको छ । यो बाइकलाई अफरोड र सहरी क्षेत्रमा मज्जाले कुदाउन सकिने कम्पनीको भनाइ छ । सो बाइक नेपाली बजारमा रातो कलरमा उपलब्ध छ ।

Share News