बससेवाबाट टिकट काट्नेलाई सुनको उपहार

<p>काठमाडौं । बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ । चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफु जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि [&hellip;]</p>

काठमाडौं । बससेवा डटकमले नयाँ वर्ष २०८० सालको नयाँ वर्षमा घुम्न जाने व्यक्तिहरूलाई लक्षित गर्दै ‘सुनको हार’ उपहार योजना सार्वजनिक गरेको छ ।

चैत्र १५ गतेदेखि बैशाख ५ गतेसम्म लागु हुने यस योजनामा सहभागी यात्रुहरूले अनलाइन मार्फत टिकट काटेको हुनुपर्नेछ । साथै आफु जाने दिनमा अनलाइन टिकट काट्ने यात्रुहरूलाई अग्रिम टिकट काट्न बानि बसाल्न पनि यस किसिमको योजना सञ्चालन गरिएको हो ।

२० दिनको अवधिमा अनलाइन मार्फत टिकट काट्ने यात्रुहरूमध्ये एक जनाले गोलाप्रथा मार्फत सुनको हार जित्न सक्नुहुनेछ भने अर्का २ जना विजेताले कम्पनीको तर्फबाट आकर्षक उपहार प्राप्त गर्न सकिनेछ ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका बस टिकट अनलाइन मार्फत काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशन तथा अन्य सेवा प्रदायकका मोबाईल एप्लीकेशनबाट टिकट काट्न सक्नु हुनेछ ।

नयाँ योजनाबारे बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने ‘हामीले बिगत देखि नै यात्रुहरुलाई सहज होस् भनेर अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाउँदै आएका छौँ । नयाँ वर्षमा यात्रुहरूको मुभमेन्ट पनि बढ्ने भएकाले यो समयमा टिकट काट्न भञ्झट नहोस् भन्ने उदश्यले ओ अफर सार्वजनिक गरेका हौँ । अन्तिम अवस्थामा टिकट काट्नु भन्दा पनि अग्रिम रूपमा टिकट काट्दा जाने यात्रु, यातायात व्यवसायीलाई सहज हुने नै भयो, त्यसका साथै हामीलाई पनि व्यवस्थापन गर्न सहज हुने भएकाले अग्रिम टिकट बुकिङ गर्न आग्रह गर्दछौँ ।’

अनलाइनबाट टिकट काट्न बससेवाको मोबाईल एप्लीकेशनबाट टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । जसबाट १ सय ८० वटा बस कम्पनीका ३५ हजार सिट बुक गर्न सकिन्छ ।

Share News