सिप्रदीले अब बाग्लुङबाट पनि सेवा दिने

<p>काठमाडौं । टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङबाट पनि हुने भएको छ । सिप्रदी ट्रेडिङ्गले बागलुङमा २६औं शाखा संचालनमा ल्याएको छ । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरेको हो । सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको [&hellip;]</p>

काठमाडौं । टाटा कमर्सियल गाडीहरुका लागि सिप्रदीको सर्भिस अब बाग्लुङबाट पनि हुने भएको छ ।

सिप्रदी ट्रेडिङ्गले बागलुङमा २६औं शाखा संचालनमा ल्याएको छ । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सर्भिस सेन्टरको शुभारम्भ गरेको हो ।

सिप्रदीको बागलुङ शाखाबाट सम्पूर्ण टाटा गाडीका ग्राहकहरुलाई आवश्यक टाटा जेन्यूइन पार्ट्स तथा ल्यूब्रिकेन्ट्सको साथमा सर्भिस तथा मर्मत कार्यहरुको सुविधा प्राप्त गर्न सक्ने प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए ।

साथै, टाटा जेन्यूइन पार्ट्मा २२ प्रतिशतसम्म र जेन्यूइन आयलमा २५ प्रतिशतसम्मको छुट सुविधाहरु प्राप्त गर्न सकिने उनले जानकारी दिए ।

टाटा प्रोटेक्ट अन्तर्गत ४ घण्टा भित्र सर्भिसिङका कामहरुको ग्यारेन्टी प्रदान गर्नेछ भने ४८ घण्टा भित्र ममर्त कार्यको ग्यारेन्टी प्रदान गर्नेछ, यदि नभएमा प्रति दिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति पनि प्रदान गर्नेछ, उनले भने ।

‘त्यसैगरी एक्सिडेन्टल कार्यहरुको लागि नगद रहित बीमा दाबी सुविधाको साथमा ६० दिन भित्र गाडि मर्मतको ग्यारेन्टी पनि प्रदान गर्छ, ग्राहकहरुको गाडि संचालन खर्चलाई न्यूनिकरण गर्नको लागि विविध खालको एएमसि सुविधाहरु पनि प्रदान गर्नेछ, अफरोड भएका गाडिहरुको लागि टाटा अर्लट अन्तर्गत ६ घण्टा भित्र अफरोड भएको स्थानमा पुग्ने र ४८ घण्टा भित्र समाधान गर्नेछ,’ उनले थपे ।

उक्त वर्कशपको शुभारम्भसँगै अब सिप्रदीको २६ वटा आफ्नै शाखा, ८ वटा आधिकरिक सर्भिस सेन्टर र २१ वटा सर्टिफाइड ग्यारेज गरि नेपालभरि ५५ वटा सर्भिस सेन्टरहरु भएकाे छ ।

 

Share News