
एजेन्सी । मारुती सुजुकी इन्डियाले आफ्नो सबैभन्दा लोकप्रिय उत्पादन अल्टो-८०० को उत्पादन बन्द गरेको छ । कम्पनीले अहिलेसम्म कुनै अफिसियल घोषणा गरेको छैन, तर, इन्डिया टुडेको रिपोर्टमा हैचबेक सेग्मेन्टमा सबैभन्दा बढी बिक्री हुने वाला कारको उत्पादन बन्द गरेको छ ।
अल्टो-८०० सन् २००० देखी बजारमा बिक्री हुँदै आएको थियो । कम्पनीले सन् २०१० सम्म १८ लाख वटा कार बिक्री गरेको थियो । सो पश्चात कम्पनीले अल्टो के-१० लन्च गरेको थियो । सन् २०१० देखि अहिलेसम्म अल्टो-८०० १७ लाख र अल्टो के-१० नौ लाख ५० हजार थान बिक्री गरेको जनाएको छ ।
कम्पनीले प्रत्येक एक घण्टामा एकसय वटा कार बेच्दै आएको छ । कम्पनीले अल्टो के-१० ६ लाख र अल्टो-८०० सवा पाँच लाख भारुमा बिक्री गर्दै आएको थियो ।