चांगन अटोले ल्यायाे बबाल अफर, वैदेशिक भ्रमणदेखि ४० हजारसम्मकाे छुट

<p>काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ुनयाँ साल, साह्रै बबाल अफरु सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ । [&hellip;]</p>

काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ुनयाँ साल, साह्रै बबाल अफरु सार्वजनिक गरेको छ ।

चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ ।

यस अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स जित्न सक्नेछन् ।

यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् । साथसाथै, ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न चाहे थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।

Share News