नयाँ वर्ष अफर : बाइक/स्कुटर किन्दा करसँगै बीमा छुट, ५० हजार क्यासब्याक पनि

<p>काठमाडौं । नयाँ वर्ष २०८० का लागि बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद पुरस्कार, कर तथा बीमा छुटदेखि क्यासब्याक सम्मका अफर सार्वजनिक गर्न थालेका हुन । पछिल्लो समय कोरोना महामारि, सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा तरलता अभावका कारण बिक्री कम भएका दुई [&hellip;]</p>

काठमाडौं । नयाँ वर्ष २०८० का लागि बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् ।

ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद पुरस्कार, कर तथा बीमा छुटदेखि क्यासब्याक सम्मका अफर सार्वजनिक गर्न थालेका हुन ।

पछिल्लो समय कोरोना महामारि, सरकारले आयातमा लगाएको प्रतिबन्ध तथा तरलता अभावका कारण बिक्री कम भएका दुई पांग्रो बाइक तथा स्कुटर खरिदका लागि कम्पनीहरुले आर्कषण अफर सार्वजनिक गर्न थालेका हुन ।

आयातमा लगाईएको प्रतिबन्ध र तरलता अभावका कारण पछिल्लो समय अटो बजार अस्तव्यवस्त भएको छ । अटो व्यवसायीले बजार चलायमान बनाउन अफरले केही सहयोग पुग्ने विश्वास गरेका छन् ।

मोटरहेडको बाइक किन्दा बीमादेखि कर छुट

मोटरहेड मोटरसाइकलले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ ।

नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेडले ‘सुपर पावर २०८०, यो नयाँ वर्ष सुरक्षा र सुविधा हाम्रो, सवारी तपाईंको’ नामक अफर ल्याएको हो ।

कम्पनीले सबै मोडलको बाइकको खरिदमा नगदरफाइनान्स र एक्सचेन्ज लगायतका अफर पनि ल्याएको छ । मोटरहेडका बाइक नगद खरिद गरे वापत ग्राहकले २०२२ का मोडलमा २०८०/८१ सम्मको कर छुट, पूर्ण बीमाको सुविधा कम्पनीबाटै पाउने छन् ।

यस्तै, बाइक सट्टापट्टा गरी लिँदा ग्राहकले आफ्नो पुरानो बाइकको बजार मुल्याङकनमा कम्पनीबाट थप १५ हजार रुपैयाँ मुल्याङकन अफर स्वरुप प्राप्त गरी नयाँ बाइक लिन सकिने कम्पनीले जनाएको छ ।

मोटरहेडका स्पोर्ट २५०, टेक्कन आर २५०, टेक्कन २५०, एमएच १५०, स्क्रयाम्बल र एक्सटोर्क गरी जम्मा ६ वटा मोडलहरू बाइकहरु खरिद गर्दा फूल हेल्मेट निशुल्क रुपमा दिईने कम्पनीले घोषणा गरेको छ ।

टिभिएसले बाइक किन्दा ८ हजार डिस्काउन्ट

टिभिएसले नयाँ वर्षको अवसरमा आफ्ना हरेक बाइकको खरिदमा ८ हजार र स्कुटरको खरिदमा ७ हजारको पक्का डिस्काउन्ट दिने जनाएको छ । यस्तै, कम्पनीले अपाचे बाइकको किन्दा ५ हजार मुल्य बराबरको हेल्मेट पनि सित्तैमा पाइनेछ ।

यस्तै, कम्पनीले ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा तथा बाएक एक्सचेन्जमा थप १० हजार रुपैयाँ दिने जनाएको छ ।

यामाहाको बाइक किन्दा ५० हजार क्यासब्याक

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका दिईएको जनाएको छ ।

यस्तै, बाइक खरिदपछि वाइल्ड कार्ड मार्फत १ लाखसम्मको ग्यारेन्टी क्यासब्याक जित्नै जनाईएको छ भने तीन जनालाई साप्ताहिक रुपमा आइफोन १४ वा एप्पल वाच वा एप्पल एयरपोड दिनेछ ।

सेगवे नाइन वट इलेक्ट्रीक स्कुटर खरिदमा २० हजार छुट

सेगवे नाइन वट इलेक्ट्रीक स्कुटर खरिद गर्दा २० हजार रुपैयाँ नगद छुट पाईने भएको छ । सेगवे नाइन वट इलेक्ट्रीकका लागि नेपालको आधिकारिक विक्रेता आइ हवले नगद छुटसहितको नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ वर्ष स्कीम अनुसार ग्राहकले २० हजार रुपैयाँसम्मको नगद छुटमा स्कुटर किन्न सक्नेछन् । साथै, ग्राहकले स्कुटर खरिदमा सेगवे ब्याग, स्कुटर कभर साथै १ वर्षको इन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।

कम्पनीको नयाँ वर्ष स्कीम अन्तर्गत सेगवे ई १०० एलमा नगद २० हजार, ई ११० एलमा १५ हजार, ए १२५ र एन १०० मा नगद १० हजार रुपैयाँ छुट प्राप्त गर्नेछन् ।

Share News