सांग्रीला मोटोर्स प्राइभेटमा गाडी किन्ने ग्राहकलाई नबिल बैंकले कर्जा दिने

<p>काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक बिक्रेता सांग्रीला मोटोर्स प्राइभेटले बिक्री गर्दै आएको गाडीहरुमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् । दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य [&hellip;]</p>

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक बिक्रेता सांग्रीला मोटोर्स प्राइभेटले बिक्री गर्दै आएको गाडीहरुमा नबिल बैंकले कर्जा दिने भएको छ ।

बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट प्रबन्धक सचिन अमात्य र सांग्रीला मोटोर्सको तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौँतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ ।

समझौता अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ।

अहिले नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन् । ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ ।

यो योजना सांग्रीला मोटोर्स प्राइभेटको आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने कम्पनीले जनाएकाे छ।

Share News