एनओजी महेन्द्रनगर च्याप्टर राइड सम्पन्न

<p>काठमाडौं । जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपुर ) बाट सुरु भएर दोधारा – अतिथि रिसोट पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै, सहभागि सम्पूर्ण [&hellip;]</p>

काठमाडौं । जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

गत शनिबार आयोजना भएको यस राइड टिभिएसको महेन्द्रनगर (महामाया ट्रेड एंड सप्लायर्स महेन्द्रनगर , कंचनपुर ) बाट सुरु भएर दोधारा – अतिथि रिसोट पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो ।

साथै, सहभागि सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ५० जना राइडर सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै, उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

Share News