काठमाडौं । सिएट सप नामक सिएट टायरको नयाँ शोरुम सञ्चालनमा आएको छ । सिएट टायरको आधिकारिक विक्रेता नारायणी अटो बिजनेश प्रा.लि.ले ललितपुरको बालकुमारीमा सो शोरुम सञ्चालनमा ल्याएको हो ।
सिएट इंडिया अन्तर्गत अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट सत्य रावले सिएट टायरको नयाँ शोरुम उद्घाटन गरेका थिए । ‘सिएट टायरको यस नयाँ शोरुमले नेपाली ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने मलाई विश्वास छ, यस कम्पनीसँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक छौं,’ कार्यक्रममा बोल्दै उनले भने ।
यस्तै, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए ।
उनका अनुसार नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न यो शोरुम एक कोशेढुंगा सावित हुनेछ ।
यसै गरी कार्यक्रममा बोल्दै एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले सिएट टायर नेपाली ग्राहकहरूको पहिलो रोजाई पर्न सफल ब्राण्ड भएको बताए । ‘हामी निरन्तर उनीहरूलाई गुणस्तरीय एवम् भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने ।
कम्पनीका अनुसार सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरूप ५ देखि १५ प्रतिशतसम्म छुट दिने छ ।