गाडी व्यापारी भन्छन् : बजेटले माग पुरा गरेन

<p>काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालले आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल्स क्षेत्रमा खासै कुनै योगदान नगर्ने जनाएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अटो व्यवसायीको कुनै माग सम्बोधन नभएको बताएको हो । नाडा अध्यक्ष धुब्र थापाले अहिले भएका बाहेक नयाँ केही व्यवस्था बजेटमा समावेश नभएको बताए । उनले बजेटमार्फत् [&hellip;]</p>

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालले आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल्स क्षेत्रमा खासै कुनै योगदान नगर्ने जनाएको छ ।

सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अटो व्यवसायीको कुनै माग सम्बोधन नभएको बताएको हो ।

नाडा अध्यक्ष धुब्र थापाले अहिले भएका बाहेक नयाँ केही व्यवस्था बजेटमा समावेश नभएको बताए । उनले बजेटमार्फत् आफुहरुले धेरै अपेक्षा गरेको भएपनि कुनै माग सम्बोधन नभएको बताए ।

नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले व्यवसायीले सोचे अनुसारको बजेट नआएको प्रतिक्रिया दिए । ‘हामी व्यवसायीले सोचे अनुसारको बजेट आएन, नयाँ कार्यक्रम केही पाईएन’, उनले भने ।

यस्तै, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बजेटमा अटो व्यवसायीको माग न्यून मात्रै सम्बोधन भएको बताए ।

‘आगामी आवका लागि सरकारले गाडी नै नकिन्ने भएपछि अटो सेक्टरलाई सिधै वेवास्ता गरिएको देखियो, हामी व्यवसायीले दिएको सुझाव खासै सम्बोधन भएको देखिएन’, उनले भने ।

Share News