काठमाडौं । कुनै पनि पुरानो मोटरबाइकसँग होण्डा मोटरबाईक साट्न पाइने भएको छ । हाल होण्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिंग कम्पनीले संचालन गरिरहेको ‘होण्डा एक्सचेन्ज र फाईनान्स मेला’मा कुनै पनि पुरानो मोटरबाइक ल्याएर साट्न पाइनेछ ।
मेलामा आफ्नो पुरानो बाईकसँग होण्डको कुनै पनि नयाँ बाईक साट्दा उच्च मूल्यांकन रकमका साथमा तुरुन्तै ५ हजार र एक्सचेन्ज बोनस पनि पाइने कम्पनीले जानकारी दिएको छ । साथै, १० हजारसम्मको आकर्षक स्क्रयाच कुपन पनि साट्न पाइनेछ ।
कम्पनीका्े अनुसार मेलामा सस्तो अग्रिम भुक्तानी र निक्कै कम ब्याजदरमा नयाँ होण्डा खरिद पनि गर्न सकिने छ ।
होण्डा फाईनान्समार्फत मात्रै ५९ हजार ९९९ रुपैंयाको अग्रिम भुक्तानी र मात्रै १५ को ब्याजदरमा बाइक घर लान पाइने कम्पनीले जानकारी दिएको छ ।
जेठ १८ गतेदेखि सुरु भएको यस मेलाका योजनाहरुमा सहभागी हुन ग्राहकहरुले काठमाडौं होण्डा मोटर बाईकको सबै डिलरहरुमा सम्पर्क गर्न सक्नेछन् ।