बाइकको मूल्य ८० हजार रुपैयाँसम्म घट्याे; क्रसफायर, टारो, केटिएमका पुराना ग्राहक घाटामा

<p>काठमाडौं । सरकारले आर्थिक अध्यादेश २०८० मा करको दर परिवर्तन गरेसँगै बजारमा दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधानको मूल्य परिवर्तन हुन थालेको छ । बजेटमा कर बढेको भन्दै केही कम्पनीले मूल्य बढाएका छन् भने केहीले करको दर घटेसँगै उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् । सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा लाग्ने भन्सार तथा अन्तशुल्क घटाएसँगै [&hellip;]</p>

काठमाडौं । सरकारले आर्थिक अध्यादेश २०८० मा करको दर परिवर्तन गरेसँगै बजारमा दुई पाँग्रेदेखि चार पाँग्रे सवारी साधानको मूल्य परिवर्तन हुन थालेको छ । बजेटमा कर बढेको भन्दै केही कम्पनीले मूल्य बढाएका छन् भने केहीले करको दर घटेसँगै उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् ।

सरकारले २ सय सीसी माथिका मोटरसाइकलमा लाग्ने भन्सार तथा अन्तशुल्क घटाएसँगै केही कम्पनीले उपभोक्ता मूल्य समेत घटाउन थालेका छन् । २ सय सीसी माथिको मोटरसाइकल बिक्री गर्दै आएको क्रसफायर, टारो तथा केटिएम बाइकको मूल्य घटेको छ भने टिभिएस र यामाहाका बाइकको मूल्य बढेको छ । बजेटअघि यी ब्राण्डका बाइक किन्ने ग्राहकलाई घाटा लागेको छ ।

केटिएम बाइकको मूल्य घट्यो

बजेटमा करको दर परिवर्तन भएसँगै केटिएम बाइकको मूल्य घटेको छ । कम्पनीले हाल बिक्री गर्दै आएको केटिएम २५० एड्भेन्चर र केटिएम २५० ड्युकको मूल्य घटाएको हो । कम्पनीले दुबै मोडलका बाइकको मूल्य ५०/५० रुपैयाँले घटाएको छ ।

यसअघि सात लाख ४९ हजार नौ सय रूपैयाँ पर्ने केटिएम २५० एड्भेन्चरको नयाँ मूल्य ६ लाख ९९ हजार नौ सय रूपैयाँ तोकिएको छ । त्यस्तै यसअघि ७ लाख ८४ हजार रुपैयाँमा बिक्री हुँदै आएको केटिएम २५० ड्युकको नयाँ मूल्य ७ लाख ३४ हजार तोकेको छ ।

टारोको मूल्य ८० हजारले घट्यो

टारो मोटरसाइकलको नेपालमा रहेका २ मोडलका बाइकको मूल्य ८० हजार रुपैयाँले घटेको  छ ।

टारो मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक ओम मोटोकर्प प्रालिले जीपी टू २०० र जीपी वान २५० मोडलका बाइकको मूल्य घटाएका हुन् । मूल्य घटेसँगै अब जीपी टू २०० को मूल्य ४ लाख ७५ हजार रुपैयाँ र जीपी वान २५० को मूल्य ७० लाख रुपैयाँले घटेर ६ लाख भएको छ ।

७१ हजार रुपैयाँसम्म घट्यो क्रसफायरको मूल्य

बजेटमा करको दर परिवर्तन भएसँगै क्रसफायर मोटरसाइकलको मूल्य समायोजन गरेको छ ।

क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक कम्पनि क्लासिक ह्वील एक्सपोर्ट तथा इम्पोर्ट प्रालिले ३ मोडलका बाइकको मूल्य घटाएकोे हो ।

कम्पनीले जारी गरेको नयाँ मूल्य सूचीका अनुसार क्रसफायरको आर एम २५० मोडलको मोटरसाइकलमा ४५ हजार रुपैयाँसम्म घटेको छ । यसअघि ८ लाख ८८ हजार रुपैयाँ पर्ने उक्त बाइक कम्पनीले मूल्य घटाउँदै ८ लाख ४३ हजार रुपैयाँ बनाएको छ ।

यस्तै, कम्पनीले क्रसफायर एचजे २५० को मूल्य ७१ हजार रुपैयाँले घटेको छ । यसअघि ७ लाख ७० हजार रुपैयाँ रहेको उक्त बाइकको मूल्य अब ६ लाख ९९ हजार रुपैयाँ पुगेको छ । क्रसफायर ट्रेकर मोडलको बाइकमा ४० हजार रुपैयाँ मूल्य घटेको छ । यसअघि ४ लाख १० हजार रुपैयाँमा बिक्री भएको उक्त बाइक अब ३ लाख ७० हजार रुपैयाँ भएको छ ।

टीभीएस बाइकको मूल्य १३ हजारले बढ्यो

बजेटपछि टीभीएस कम्पनीको बाइकको मूल्य १३ हजार रुपैयाँले बढेको छ । नेपालका लागि टीभीएस बाइकको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचे आरटीआर २०० फोरभी एबीएस आरटीएफआई बीएस–६ मा १३ हजार रुपैयाँ मूल्य बढाएको छ ।

यसअघि ३ लाख ९८ हजार ९ सय रुपैयाँमा बिक्री हुने उक्त बाइकको कम्पनीले ४ लाख ११ हजार ९ सय मूल्य तोकेको छ ।

यस्तै, एबीएस भेरियन्टको मूल्य १० हजार रुपैयाँले बढेको छ । यसअघि ३ लाख ६९ हजार रुपैयाँमा बिक्री हुने उक्त बाइकको कम्पनीले ३ लाख ७९ हजार रुपैयाँ तोकेको हो । कम्पनीले १६० एबिएस अपाचेको मूल्य ३ लाख ८३ हजार ९ सय तोकेको छ । यसअघि उक्त मोडलको बाइकको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ थियो ।

अपाचे आरटीआर १६० फोरभी मोडलको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि उक्त मोडलको बाइकको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ थियो ।

यामाहा बाइकको मूल्य १६ हजारले बढ्यो

यामाहा कम्पनीले समेत बाइकको मूल्य बढाएको छ । नेपालका लागि यामाहा बाइकको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले भारतबाटै बढेर आएकोे भन्दै एमटी १५ तथा आर १५ मोडलको बाइकको मूल्य बढाएको हो ।

यसअघि ४ लाख ८३ हजार ९ सय रुपैयाँमा बिक्री हुँदै आएको एमटी १५ मोडलको मूल्य १६ हजार रुपैयाँले बढेको छ । बढेको मूल्य अनुसार अब उक्त मोडलको बाइकको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ भएको छ ।

यस्तै, कम्पनीले आर–१५ मा १० हजार रुपैयाँ बढाएको छ । यसअघि ५ लाख ९९ हजार ९ सय रुपैयाँमा बिक्री हुने उक्त बाइकको मूल्य अब ६ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, कम्पनीले आफ्नो एफजेड एक्स एक्स कनेक्ट डार्क नाइटमा ९ हजार, एफजेडएस भीटूमा ७ हजार, एफजेड भी टू र सलुटोमा १ हजार रुपैयाँले मूल्य बढाएको छ ।

बढेको मूल्य अनुसार यामाहाको एफजेडएक्स एक्स कनेक्ट डार्कनाइटको ३ लाख ९७ हजार ९००, एफजेडएस भी टूको मूल्य ३ लाख ५९ हजार ९००, एफजेड भी टूको मूल्य ३ लाख २९ हजार ९०० र सलुटोको मूल्य २ लाख ४७ हजार ९०० कायम भएको छ ।

यस्तैगरी, यामाहाले स्कुटरको मूल्य समेत बढाएको छ । कम्पनीले हाल बिक्री गर्दै आएको रेजेडआर १२५ एफआईमा ५ हजार र रेजेडआर स्ट्रीट र्याली १२५ एफआईमा ३ हजार रुपैयाँ मूल्य बढाइएको छ । बढेको मूल्य अनुसार रेजेडआर १२५ एफआई २ लाख ७४ हजार ९०० र रेजेडआर १२५ स्ट्रीट र्याली एफआईमा २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

Share News