४ लाख ९५ हजारको स्क्र्याम्बलर अब ४ लाख ५५ हजारमा पाइने

<p>काठमाडौं । मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले आफ्नो   स्क्र्याम्बलर २५० को लागि नयाँ मूल्य सार्वजनिक गरेको छ । सो मूल्य असार १ गते देखि असार १५ गते सम्मका लागि लागू हुनेछ । यस अघि ४ लाख ९५ हजार रुपैयाँ बिक्री मूल्य रहेको उक्त मोडल अब भने ४ लाख ५५ हजार [&hellip;]</p>

काठमाडौं । मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले आफ्नो   स्क्र्याम्बलर २५० को लागि नयाँ मूल्य सार्वजनिक गरेको छ । सो मूल्य असार १ गते देखि असार १५ गते सम्मका लागि लागू हुनेछ ।

यस अघि ४ लाख ९५ हजार रुपैयाँ बिक्री मूल्य रहेको उक्त मोडल अब भने ४ लाख ५५ हजार रुपैयाँमै प्राप्त हुनेछ ।

कम्पनीका अनुसार ग्राहकले सो नयाँ बिक्री मूल्यमा स्क्र्याम्बलर २५० का ४ वटा कलर, नयाँ मफलर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा बाइक खरीद गर्न पाउने छन् ।

२२३ सीसीको हाईप्रो इन्जिन क्षमता भएको सो बाइकमा आयलकुल्ड, ६ इयर, १२ भोल्ट ७ एएच ब्याट्रीको साथ पीजी ३० कार्बुरेटर रहेको छ । यस मोडलमा थप विशेषताको रुपमा यसको क्याफे रेसर डिजाइन, उच्चतम ग्राउन्ड क्लियरैन्स, १४ लिटरको इन्धन ट्यांकी, डिजिटल मिटर, यूएसबी चार्जरका साथै मेटल फिनिसिङ दिइएको छ ।

साथै, कम्पनीले एक्सचेन्ज र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै उक्त बाइकमा विभिन्न नगद छुट र फ्रि हेल्मेटको व्यवस्था समेत गरेको बताएको छ ।

Share News