
काठमाडौं । बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ मा सवारी साधनको गुणस्तरीय मर्मत सम्भारको लागि हेटौंडा र काठमाडौं उपत्यकामा स्पेसल टुल बैंक स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री बहादुर सिंह लामाले निजी क्षेत्रसँग सहकार्य गरी हेटौंडा र काठमाडौं उपत्यकामा स्पेसल टुल बैंक स्थापना गर्ने नीति लिएको बताए ।