एमजीको अत्याधुनिक सर्भिस सेन्टर कुसुन्तीमा खुल्यो

<p>काठमाडौं । अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकको बढ्दो आवश्यकतालाई पूर्ति गर्न कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीकाे [&hellip;]</p>

काठमाडौं । अटोमोटिभ ब्रान्ड एमजीको लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक प्यारामाउन्ट मोटर्स प्रालिले ललितपुरको कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकको बढ्दो आवश्यकतालाई पूर्ति गर्न कुसुन्तीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्दै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीकाे भनाइ छ । ३२ हजार ८५६ वर्ग फिट (६ रोपनी) क्षेत्रमा फैलिएको यस सर्भिस सेन्टरमा विभिन्न सुविधाहरू उपलब्ध हुने छन् । यस सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरिया, फराकिला वेटिंग लाउन्ज, कस्टमर सर्भिस डेस्क, सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सन, पर्याप्त स्टोरेज स्थान, प्रशासनिक अफिस र अन्य विभिन्न सुविधा उपलब्ध रहेकाे कम्पनीले बताएकाे छ।

नयाँ सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिमा प्रशिक्षित उच्च दक्ष प्राविधिकको टोली रहेको कम्पनीले जनाएको छ। एमजीका गाडीलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकता प्रदान गर्न र ग्राहकलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सर्भिस सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नयाँ सर्भिस सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै प्यारामाउन्ट मोटर्सका सीईओ सचिन अर्यालले भने ‘हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिबद्धता अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौं, यस सर्भिस सेन्टरले ग्राहकलाई विश्व स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक र विशेषज्ञताका साथ एमजी गाडी सर्भिस गरिनेमा विश्वस्त हुन सकिन्छ ।’

सर्भिस सेन्टरमा ११ बे, हाइ इभि दाइग्नोसिस दुल, एक पटकमा ३ कार वासको सुविधा, हाइब्रिड एसी रिकभरी, उच्चतम प्रविधियुक्त पेन्ट बुथ, क्यारोलिनर कोलिजन रिपेर, फ्लुक द्वारा निर्मित आइसोलेटेड टेस्टिंग टुललगायत एउटा डिसी चार्जर र एउटा एसी चार्जर रहेको उनले बताए ।

Share News