यामाहाका बाइक तथा स्कूटर किन्दा सडक कर नलाग्ने

<p>काठमाडौं । यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर नलाग्ने भएको छ । दुई पाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले घोषणा गरेको &#8216;ट्याक्स रिल्याक्स&#8217; अफर अन्तर्गत पहिलो दुई वर्षको लागि सडक कर निः शुल्क हुने भएको हो । उक्त अफर अन्तर्गत दुईपाङ्ग्रे सवारी किन्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै [&hellip;]</p>

काठमाडौं । यामाहाको मोटरसाइकल तथा स्कूटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर नलाग्ने भएको छ । दुई पाङ्ग्रे सवारी साधनको उत्पादक कम्पनी यामाहाले घोषणा गरेको ‘ट्याक्स रिल्याक्स’ अफर अन्तर्गत पहिलो दुई वर्षको लागि सडक कर निः शुल्क हुने भएको हो ।

उक्त अफर अन्तर्गत दुईपाङ्ग्रे सवारी किन्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुने छन् । दुई पाङ्ग्रे सवारी साधनको प्रारम्भिक खरिदमा लागत मात्रै समावेश नभई अन्य खर्चहरू पनि लाग्ने भएकाले यामाहाले पहिलो दुई वर्षको लागि करहरूको जिम्मा लिने कम्पनीले बताएको छ ।

‘यामाहामा सवारी गर्नु अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौं, यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकहरूले उनीहरूको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन्, यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिवद्धता देखाउँछ,’ यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।

यामाहाले यो वाहेक विभिन्न आकर्षक अफरहरु उपलब्ध गराइरहेको छ । शून्य प्रतिशत ब्याजदरदेखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ । यसका लागि विशेष फाइनान्स सुविधा समेत उपलब्ध भइरहेको छ । यो अफर कुनै पनि यामाहा शोरुममार्फत लिन सकिने छ ।

Share News